पूर्व प्रमुखसचिव खनालको निधन


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ ।

कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिनुभयो ।
मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत हुनुहुन्थ्यो ।
मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेख्नुभएको छ ।
तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गर्नुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । काठमाडौँमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उहाँकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।