पोखरा । मुकुन्द शरण वाङमय परिषद नेपाल पोखरा २५ कास्कीको तेस्रो अधिबेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
परिषद नेपालको उपाध्यक्षमा लोकमणी पौडेल, महासचिबमा बलराम पौडेल, सचिब देबु गौतम, कोषाध्यक्षमा भुवनेश्वर शर्मा र सहसचिबमा कालिचरण पराजुली चयन भएका छन । त्यस्तै अन्य सदस्यमा कृष्णशरण उपाध्याय, गायत्री घिमिरे, पुष्पा के.सी, प्रेमराज पाहारी र मोहनराज पौडेल रहेका छन ।
महाकाब्यकार जनारदन त्रिपाठीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेमजा सहित्य प्रतिष्ठानका अध्यक्ष छन्दमणी त्रिपाठीले आफनो भनाइ राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष शिब त्रिपाठीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
परिषद नेपालका अध्यक्ष नारायण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष देबुकृष्ण काफ्लेले स्वगत र सञ्चालन महासचिब डा बलराम अधिकारीले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







