कार्य व्यवस्था परामर्श समितिले गरेको निर्णय विपरित संसद अबरुद्ध गरेकोप्रति सांसद दीपक कोइरालाले आपत्ति जनाएका छन् । नेकपा माओवादीका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कोइरालाले मन्त्री र दलका प्रतिनिधिको सहभागितामा कार्यव्यवस्था परामर्श समिति बैठकमा सर्वसम्मत कार्यसूची बनेपनि एमालेले कोभिडको बहानामा संसद अबरुद्ध गरेको भन्दै आपत्ति जनाएका हुन् ।
सत्तापक्षले त्योपनि कार्यव्यवस्था परामर्श समिति बैठकले सर्वसम्मत बनाएको कार्यसूची अनुसार बैठक चल्न नदिनू अचम्म भएको उनको टिप्पणी छ । उनले भनेका छन्,‘संसद सञ्चालन गर्न सजिलो होस् भनेर सभामुखको अध्यक्षतामा एउटा कार्य व्यवस्था परामर्श समिति बनाइएको हुन्छ । जसमा सबै पार्टीका प्रतिनिधि र सरकारसँग समन्वय गर्न सजिलो होस् भनेर सरकारको प्रतिनिधि (मन्त्री)समेत हुन्छ । जसले सभाको कार्यसूची के बनाउने ? सभा कहिले चलाउने भन्ने सहमति गर्दछ र संसद चल्छ । यहाँ त अचम्म भो ! हिजो सबै बसेर सहमति गर्ने आज एकाएक सरकार पक्षका सांसदहरुद्वारा, सोमबारचाहिं मन्त्री स्वयम् उभिएर अबरुद्ध गर्ने कार्य भयो, अचम्म त के भने आफैले सहमति गरेको संसद सञ्चालनको प्रक्रिया त्योपनि सरकारले सदनमा उभिएर अबरुद्ध गर्ने, कठैबरा ! हाम्रो लोकतन्त्र ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







