फाइल तस्बीर
कोरोना संक्रमण फैलिएपछि आज (बुधबार)देखि कास्कीमा निषेधाज्ञा लागू गरिएको छ।
कोरोना संक्रमण न्युनिकरणको लागि जिल्ला प्रशासन कार्यलय, कास्कीले आजदेखि एकसाता लामो निषेधाज्ञा आदेश जारी गरेको हो।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को सोमबार बसेको बैठकले आज बिहान ६ बजेदेखि वैशाख २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो।
प्रशासन कार्यालयले सोमबार साँझ जारी गरेको सूचना अनुसार अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र हिँडडुल गर्नसमेत रोक लगाइएको छ। यस्तै, सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार संचालन गर्न, मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरिएको छ।
एम्बुलेन्स, दमकल, शववाहन, खाद्यसामाग्री तथा पशुपंक्षीका दाना, तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्याँस तथा पेट्रोलियम पदार्थ र निर्माण सामाग्री बोकेका सवारी साधनहरु, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले ड्यूटी जाने आउने प्रयोजनमा प्रयोग गर्ने सवारी साधनहरु र औषधि तथा स्वास्थ्य सेवाका सामग्री बोकेका सवारी साधनहरु चल्न दिने उल्लेख गरेको छ।
यस्तै, अत्यावश्यक सरकारी कामकाजका लागि प्रयोग हुने सरकारी सवारी साधनहरु, प्रेस पास तथा परिचयपत्र वाहक संचारकर्मीले प्रयोग गरेका सवारी साधनहरु बाहेकका कास्की जिल्ला भित्र संचालन हुने यात्रुवाहक सार्वजनिक तथा निजी सवारी साधनहरू जोर विजोर प्रणालीमा (जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका) संचालन गर्न प्रशासनले आग्रह गरेको छ।
विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्था,तालिम, प्रशिक्षण केन्द्रहरु तथा विद्यालयबाट भौतिकरुपमा उपस्थित भई संचालन हुने पठनपाठन लगायत सबै परीक्षाहरु स्थगित गर्ने निर्णयसमेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







