गण्डकी प्रदेशसभाको बैठक आज (बुधबार) बस्दैछ।
विशेष अधिवेशनको बैठकमा मंगलबार सत्तारुढ नेकपा एमालेकै सांसदले विरोध जनाएपछि संसद् बैठक स्थगित भएको थियो।
बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले सबै सांसदहरुको कोरोना पीसीआर परीक्षण माग गरेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए। पीसीआर परीक्षणको माग गर्दै सत्तारुढ सांसदहरुले बैठक अवरुद्ध पारेका हुन्।
हिँजो (मंगलबार) नै गण्डकी प्रदेश सांसदहरूले पीसीआर परीक्षण गरेको श्रोतले बताएको छ। संसदीय कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले सांसदहरूको परीक्षण गर्ने निर्णय गरेको थियो। आजै पीसीआर परीक्षणको नतिजा आउने बताइएको छ। नतिजा आएसँगै आजै प्रदेशसभाको सदन पनि आज नै बस्नेछ।
प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताब टेबुल भईसकेको अवस्था छ। अब, सोही विषयमा छलफल र मतदान हुनेछ।
पीसीआर पोजेटिभ आउने सांसदले सदनमा बोल्न पाउनेछैनन्। तर, उनीहरुले मतदान भने गर्न पाउनेछन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







