रातिदेखि सबै आन्तरिक उडान बन्द, बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द


     एभरेस्ट आवाज    
     वैशाख २१ गते २०७८ मा प्रकाशित




सरकारले गएरातिदेखि सबै आन्तरिक उडानहरु बन्द गरेको छ।

सरकारले आगामी वैशाख २३ गते मध्यरातदेखि सबै अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने निर्णय गरेको छ ।

भारतसँगको उडान भने साताको २ पटक हुनेछन्। यसरी, भारत आवत–जावत गर्ने यात्रुले स्वास्थ्य मापदण्डको पालना गरी पर्यटन मन्त्रालयले सूचीकृत गरेका होटलमा १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्नेछ।

क्वारेन्टिनमा बस–नबसेको दैनिक अनुमगन गरी पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र नेपाल प्रहरीको संयुक्त टोलीले कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा दैनिक प्रतिवेदन पेश गर्ने जनाइएको छ।

होटल क्वारेन्टिनमा बस्नुपर्ने यात्रुले स्वास्थ्य मापदण्ड पालना नगरेको र क्वारेन्टिनमा नबसेको पाइएमा संक्रामक रोग ऐन, २०२० बमोजिम मुकरर अधिकारीसमक्ष कारबाहीको लागि लेखी पठाउने छ।
कुनैपनि उडानमा पीसीआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिइ यात्रा गराएमा सो उडानका सबै यात्रुको क्वारेन्टिन खर्च सम्बन्धित एयरलाइन्सले व्यहोर्नु पर्नेछ।

आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड तथा उद्धार उडानको हकमा भने स्वास्थ्य सुरक्षा गापदण्डको पूर्ण पालना हुने गरी पर्यटन मन्त्रालयले उडान अनुमति जारी गर्ने छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।