तनहुँमा पनि बुधबार मध्यरातदेखि निषेधाज्ञा


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




तनहुँ जिल्लामा पनि (आज) बुधबार मध्यरात १२ बजेबाट लागू हुनेगरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको छ।

कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले बुधबार मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यकबाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको हो।

बैठकलगत्तै सोही सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो। तर अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ। अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिएका छन्।

बैठकले तनहुँको ऋषिङका वडा नं १ बाहेक र घिरिङका सबै वडा बाहेकका क्षेत्रमा मात्र निषेधाज्ञा लागू गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बुधबार राती १२ बजेबाट निषेधाज्ञा जारी भएपनि अत्यावश्यक वस्तुको खरिदका लागि भने समय छुट्याइएको छ।

तनहुँ प्रशासनले जारी गरेको निषेधाज्ञा आदेशमा तरकारी, फलफूल तथा दुध खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय गरिएको छ ।

हार्डवयर लगायत निर्माण सामग्री तथा अन्य अत्यावश्यक सामग्री भण्डारण तथा ढुवानीका लागि प्रशासनले दिउँसो ११ देखि ४ बजेसम्मको समय तोकेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।