रियाद महारेज नायक बन्दा इङ्लिस प्रिमियर क्लब म्यान्चेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ।
सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो।
पहिलो लेगमा २–१ ले विजयी बनेको सिटीले गएराति घरेलु मैदान ‘एतिहादमा’ मा २–० ले विजयी बनेपछि समग्रमा ४–१ को जितसहित पहिलो पटक फाइनलमा पुगेर इतिहास बनाएको हो।
सिटीको घरेलु मैदान ‘एतिहादमा’ रियाद माहरेजको व्यक्तिगत २ गोलले सिटीले विजयी प्राप्त गरेको हो। समग्रमा दुई लेग गरेर सिटीले पीएसजीमाथि ४–१ को जित निकाल्न सफल भयो। यसका साथै इतिहासमै पहिलो पटक इंग्लिश क्लब म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको फाइनल प्रवेश गरेको छ।
सिटीको जितमा रियाद माहरेज पुनः नायक सावित भए। सिटीको जितमा दुवै गोल रियाद महारेजले गरे। उनले खेलको ११ औं मिनेटमा सिटीलाई अग्रता दिलाउन सफल भए। डि ब्राइनको प्रहार पीएसजीका कप्तान मारक्विनोसलाई लागेर फिर्ता आउँदा सोझै माहरेजले सिटीलाई अग्रता दिलाए।
खेलको दोस्रो हाफको ६३ औं मिनेटमा माहरेजले सिटीको अग्रतालाई दोब्बर बनाए। सिटीको उत्कृष्ट ‘काउन्टर एटेकमा’ फिल फोडेनको पासलाई माहरेजले गोलमा परिणत गर्दा सिटीको अग्रता दोब्बर भएको हो। माहरेजले पहिलो लेगमा पनि सुन्दर फ्रीकिकबाट गोल गर्दै सिटीको जित सुनिश्चित गरेका थिए।
सिटीले अब उपाधिका लागि मे ३० मा चेल्सी र रियाल मड्रिडबीचको विजेतासँग खेल्नेछ। चेल्सीले आज (बुधबार) राति घरेलु मैदान स्ट्यामफोर्डमा रियल मड्रिडसँग खेल्दैछ। रियल मड्रिडले १३ औं पटक च्याम्पियन्स लिग जितिसकेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







