पोखरामा गोरु काटेको आरोपमा एक पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरामा गोरु काटेको आरोपमा एक जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ पिपलडालीका ८४ वर्षिय दिलबहादुर तामाङ गोरु काटेको आरोपमा पक्राउ परेका हुन् । उनलाई आज विहान साढे ८ बजे पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यायलयले जनाएको छ ।

गोरु काटेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलिले तामाङलाई गोरुको टाउको, मासु, मासु काट्न प्रयोग हुने हतियारसहित नियन्त्रणमा लिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक (एसपी) बिनोद सिलवालले जानकारी दिए ।

पक्राउ परेका तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।