नेपाली सांगीतिक आकाशका एक नक्षत्र प्रेमध्वज प्रधानको निधन भएको छ । बरिष्ठ गायक प्रधानको काठमाडौंको सुन्धारास्थित काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा विहीबार निधन भएको हो । ८४ वर्षिय प्रधानको उपचारको क्रममा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
प्रधान केहि दिन अगाडि अस्पताल भर्ना भएका थिए । छातीमा समस्या भएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर उनको उपचारकै क्रममा निधन भएको परिवारलाई उद्धृत गर्दै शेषले भने । विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका हुन् ।
सन १९६५ सालमा प्रेमध्वज प्रधानले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माईतीघर’मा गीत रेकर्ड गराएका उनले आशा भोस्लेसँगपनि गीत गाउने अवसर पाएका थिए ।
सदाबहार गायकका रुपमा परिचित उनका घुम्तीमा नआऊ है, यो नेपाली शिर उचाली, ‘तिमीलाई अचेल कहाँ देखुँ’, देउरालीमा बतास चल्यो, गोरेटो त्यो गाउँको, तारा मात्र हैन, गुलाफी घुम्टो, पर लैजाऊ फूलहरु, नमान लाज यसरीलगायत दर्जनौं अजम्बरी गीतहरु च्र्चित छन् ।
प्रधानको निधनले नेपाली संगीत क्षेत्रलाई अपूरणीय क्षेति पुगेको चर्चित गायक प्रमोद खरेलले बताएका छन् । उनले बरिष्ठ गायक प्रधानलाई ‘गोल्डेन भ्वाइस अफ नेपाल’को संज्ञा दिदै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । हुन्डाईको नयाँ कम्प्याक्ट एसयूभी ‘द अल न्यू हुन्डाई भेन्यु’ पोखरा…






