आज बैशाख २४ अर्थात नेपाली राष्ट्रिय पत्रकारिता दिवस ।
नेपालमा गोरखापत्र प्रकाशनको दिनलाई राष्ट्रिय पत्रकारिता दिवसको रुपमा मनाइँदै आएको छ।
विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो। आजको दिनलाई गोरखापत्रको १२१ औ वार्षिकउत्सव तथा छैटौं राष्ट्रिय पत्रकारिता दिवसका रुपमा लिइन्छ।
सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेसँगै बैशाख २४ आम नेपाली पत्रकारिता क्षेत्रको महत्वपूर्ण दिन बनेको हो। हरेक वर्ष विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको छ ।

नेपाली सञ्चार क्षेत्रको पुर्नसंरचना, सञ्चार सम्वन्धी नयाँ कानून र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सबैले सहयोग गर्न महासंघको आग्रह छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहर नेपालमा पनि बढिरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकार तथा सञ्चारकर्मी पनि दोस्रो लहरको कोरोना भाइरसबाट नराम्ररी प्रभावित हुन पुगेका छन्।
हालसम्म देशभर ६ सय ५० पत्रकार कोरोना भाइरसबाट संक्रमित तथा २ सय ५२ जना सक्रिय संक्रमित छन्।
विश्वयापी रुपमा फैलिएको कोरोना भाइरसकै कारण गत वर्षदेखि राष्ट्रिय पत्रकारिता दिवस विगतका वर्षहरुमा जस्तै विविध कार्यक्रम गरेर मनाइएको छैन। दिवसको अवसरमा यस पटक पत्रकार महासंघले अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा कोभिड संक्रमित पत्रकारहरुका लागि अक्सिजनसहितको बेड र आइसोलेसन सेन्टर सञ्चालन गर्ने भएको छ। जसमध्ये १० बेडमध्ये ५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको छ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिसकेको छ।

पत्रकार महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत रहन आग्रह गरेको छ ।
‘यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजूद कार्यस्थलमा खटिने पत्रकारहरु अझ बढी गम्भीर र सचेत रहन जरुरी छ,’ महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा महासंघ अपिल गर्दछ।’
कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पिसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग महासंघले आग्रह समेत गरेको छ । कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।
समाचार संकलनमा अवरोध नगर: पत्रकार महासंघ
यसअघि, नेपाल पत्रकार महासंघले कोरोना संक्रमण भइ उपचाररत र ज्यान गुमाएकाको अन्तिम संस्कारका क्रममा फोटो खिच्न र समाचार संकलन गर्न अवरोध गरिएकोप्रति आपत्ति जनाएको छ।
कोभिड संक्रमणको दर बढेसँगै राजधानीस्थित अस्पतालमा उपचारका लागि जानेको संख्या बढेको तथा ज्यान गुमाउनेको संख्या पनि बढिरहेको सन्दर्भमा विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितका बारेमा समाचार संकलन गर्न पुगेका र अन्तिम संस्कारको फोटो खिच्नका लागि पशुपति क्षेत्रमा पुगेका पत्रकारलाई पशुपति क्षेत्र विकास कोष, अस्पताल प्रशासन र प्रहरीबाट समाचार संकलनमा रोक लगाउने काम भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ।

‘कोभिड संक्रमणको दर वृद्धि हुँदै गएपछि मुलुकमा यतिखेर निषेधाज्ञा जारी गरिएको छ। यो अवस्थामा कोरोना संक्रमणका बारेमा सन्देशमूलक र सूचनामूलक सामग्री तथा कोरोना संक्रमितका बारेमा यथार्थ समाचार प्रवाह गरेर नागरिकलाई सुसूचित र सचेत गराउने कर्ममा जुट्नु प्रेसको दायित्व हो,’ महासंघले भनेको छ, ‘यही दायित्व निर्वाहका लागि कोरोना संक्रमणको जोखिम मोलेर समाचार संकलन गर्न पुगेका पत्रकारलाई सहजरुपमा काम गर्ने वातावरण बनाउनुको साटो प्रहरी र अस्पताल प्रशासनबाट समाचार संकलनमा रोक लगाइएको यो घटना आपत्तिजन हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो।’
महासंघले पत्रकारको संविधानप्रदत्त अधिकारमा आघात पु¥याउने यस्ता हर्कतको कडा शब्दमा भत्र्सना गरेको छ। र, प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता कार्य नदोहो¥याउन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
साथै, महासंघले कोरोनासम्बन्धी समाचार सामग्री प्रवाह गर्दा मानवीय संवेदना र पत्रकार आचारसंहितालाई ध्यान दिन तथा स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड र उपायहरु अवलम्बन गर्दै सावधानी अपनाएर पेशागत कर्ममा जुट्न पत्रकारहरुमा विशेष अपिल गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







