हङकङ पुगेका पोखरेली गुरुङ परिवारद्वारा रत्न आधारभुत विद्यालय सिमपानीलाई शैक्षिक सामग्री सहयोग


     एभरेस्ट आवाज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २ मिरुवा घर भई हाल हङकङमा कार्यरत वविता गुरुङ र उनको परिवारले पोखरा महानगरपालिका वडा नम्बर २ सिमपानीस्थित रत्न आधारभुत विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ । वविताकी बुबा मलिमान र आमा बुद्धिकुमारी गुरुङसहित सम्पूर्ण परिवारको तर्फबाट कास्की जिल्ला माछापुच्छ«े गाउँपालिकास्थित माछापुच्छ«े माविले तयार पारेको शैक्षिक सामग्री विद्यालयलाई निःशुल्क रुपमा हस्तान्तरण गरिएको माछापुच्छ«े माविका प्र.अ.सन्तोष आचार्यले जानकारी दिए । सहयोग ग्रहणपछि बोल्दै रत्न आधारभुत विद्यालयकी प्र.अ.सीता थापाले सहयोग गर्ने वविता गुरुङ र उनको परिवार तथा माछापुच्छ«े मावि परिवारलाई धन्यवाद दिईन् । सो अवसरमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामविक्रम राणाले विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।