पर्वतमा मलामी बोकेको जीप दुर्घटना, एकै गाउँका १७ घाइते


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




सांकेतिक तस्विर

पर्वत । पर्वतमा मलामी बोकेको जीप दुर्घटना हुँदा एकै गाउँका १७ जना घाइते भएका छन् ।

कुश्माको खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप दुर्घटनामा एकै गाउँका १७ जना घाइते भएका हुन ।

स्थानिय विष्णु परियारको अस्पतालमा मिर्गौला डायलासिस गराउने क्रममा बुधबार मृत्यु भएपछि शव जिम्मा लिनका लागि अस्पताल आउने क्रममा सिमखेत भन्ने स्थानमा जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल पर्वतमा उपचार भइरहेको छ ।

क्षमताभन्दा बढी यात्रु सवार जीप ओरोलोमा सन्तुलन गुमाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भीक अनुमान छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।