जर्मनी फुटबल महारथी बायर्न म्युनिखले नवौं पटक जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ।
रोबर्ट लेवानडोवस्कीको ह्याट्रिकप्रेरित बायर्न म्युनिखले बोरुसिया मोन्चेनग्लाडबचविरुद्ध फराकिलो जित निकाल्दै खुशी मनाएको छ।
बायर्नले बोरुसिया मोन्चेनग्लाडबचमाथि ६–० नतिजा निकाल्दै लगातार नवौं पटक जर्मन बुन्डेसलिगा जितेको हो।
बोरुसिया डर्टमण्डले दोस्रो स्थानको आरबी लाइपजिगलाई हराइदिएपछि बायर्नले ३ खेलअघि नै उपाधि जितिसकेको थियो।
बायर्नको जितमा लेवानडोवस्कीले ३ तथा थोमस मुलर, किंग्सले कोम्यान, लोरी सानेले १÷१ गोल गरे। बोरुसिया मोन्चेनग्लाडबचसँगको खेलमा ३ गोल गरेसँगै लेवानडोवस्कीले बुन्डेसलिगामा २ सय गोलको कोशेढुंगा पार गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







