नेपाल पत्रकार महासंघ कास्कीमा क्वीक रेस्पोन्स टिम गठन गरे को छ।
महासंघ कास्की शाखाले कोभिड संक्रमणका बेला आफ्ना सदस्यहरुसँग सम्पर्क र समन्वय गर्नका लागि क्वीक रेस्पोन्स टिम गठन गरेको जनाएको हो।
महासंघको आइतबार सम्पन्न दोस्रो बैठकले अध्यक्ष विमला भण्डारीको संयोजकत्वमा ७ सदस्यीय क्वीक रेस्पोन्स टिम गठन गरेको हो।
महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना शर्मा वर्षा, सचिव माधव बराल, सह–सचिव श्रीराम सिग्देल, रेम विक र कोषाध्यक्ष कृष्ण दवाडी क्वीक रेस्पोन्स टिममा रहनेछन् ।
कास्कीमा क्रियाशील पत्रकारहरुलाई आपतकालीन समस्या आइपरेमा टिमले तत्कालै आवश्यक समन्वय गर्नेछ।
महासंघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले आफू रहेको वडास्थित अन्य पत्रकारहरुसँग समन्वय र सम्पर्क गर्ने निर्णय पनि महासंघको बैठकले गरेको छ।
यसैगरी बैठकले महासंघको ७ सदस्यीय सचिवालय समितिसमेत गठन गरेको छ। सचिवालय सदस्यमा महासंघका अध्यक्ष बिमला भण्डारी, उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, जमुना शर्मा वर्षा, सचिव माधव बराल, सहसचिव श्रीराम सिग्देल, रेम विक र कोषाध्यक्ष कृष्ण दवाडी छन्।
बैठकले कोभिड संक्रमण फैलिंदो क्रममा रहेकाले सजग र जिम्मेवार भएर काम गर्न सम्पूर्ण पत्रकार तथा संचारकर्मीहरुलाई आग्रह गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







