पत्रकार महासंघ गण्डकीको पनि ‘क्वीक रेस्पोन्स टिम’ गठन


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित




नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशले ‘क्वीक रेस्पोन्स टिम’ गठन गरेको छ।

महासंघका महासचिव गोविन्द सुवेदीको संयोजकत्वमा ५ सदस्यीय ‘क्वीक रेस्पोन्स टिम’ गठन गरेको हो।

महासंघको आइतबार सम्पन्न बैठकले गठन गरेको टिममा कोषाध्यक्ष राजेन्द्र न्यौपाने र सदस्यहरु रञ्जिता शर्मा, प्रकाश डोटेल र रमेश बास्ताकोटी छन्।

टीमले कोरोना संक्रमणका कारण पत्रकारहरुमा आइपरेका समस्यालाई तत्काल पहलकदमी लिने र समाधानका लागि पहल गर्ने महासंघका महासचिव एवं संयोजक सुवेदीले जानकारी दिएका छन्। महासंघले गण्डकी प्रदेशमा १० जना पत्रकार संक्रमित भएको र उनीहरुको स्वास्थ्य लाभको कामना गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।