पोखरा । विपक्षी दलका तीन नेताले नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको पाउन असफल भएपछि संयुक्त विज्ञप्ती जारी गर्दै विपक्षी दलका तीन नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई यस्तो आह्वान गरेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले संविधानको धारा ७६ को उपधारा २ १ बमोजिम नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।
‘प्रधानमन्त्रीले नेपालको संविधानको धार १०० को उपधारा १ बमोजिम विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष राखेको प्रस्ताव संविधानको धारा १०० को उपधारा ३ बमोजिम तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेकाले प्रधानमन्त्री ओली पद मुक्त हुनभएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।
‘नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिज्यूलाई आह्वान गर्दछौं ।’ तीन नेताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल भएका हुन् । उनको पक्षमा मात्र ९३ मत खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







