फाइल तस्विर : राष्ट्रपति विद्यादेवी भण्डारी
वैशाख २७ पोखरा । अर्को मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री ओली नेतृत्वको सरकारले नै कार्य सञ्चालन गर्ने गरि जिम्मेवारी प्रदान गरिएको छ ।
राष्ट्रपति कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म नेपालको संविधानको धारा ७७ को उपधारा ३ बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको जनाइएको छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मतको लागि राख्नुभएको प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम पारित हुन नसकेको भन्ने ब्यहोरासहितको सभामुखको पत्र प्राप्त भएकोले अर्को मन्त्रिपरिषद गठन नभएसम्मका लागि राष्ट्रपतिबाट यही मन्त्रिपरिषदलाई कार्य सञ्चालन गर्न तोक्नुभएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि सोमबारदेखि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउँदै आगामी बैशाख ३० गते बेलुका ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी सकेकी छन् ।
यस अघि, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएलगत्तै तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका थिए ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत पुस्ट्याइँका लागि भएको मतदानमा हुन्छ भन्ने पक्षमा ९३ मत मात्रै पाए । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







