तनहुँमा करेन्ट लागेर एकको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

तनहुँ । तनहुँमा सोमबार करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आबुखैरेनी गाउँपालिका–२ मार्केचोकका भिम बहादुर गुरुङ (४५)को करेन्ट लागेर सोमबार बिहान ६ बजे मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

स्थानिय तारा बहादुर गुरुङको घर काम गरी बस्ने गुरुङलाई गिदरीको रुखमा चढेर हाँगा काट्ने क्रममा रुखको हाँगाले बिजुलीको तारमा छुदा करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएका गुरुङको उपचारका क्रममा आबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।