जर्मनीका जेरेभले जिते मड्रिड ओपनको उपाधि


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




छैटौं वरियाताप्राप्त जर्मनीका एलेक्जेन्डर जेरेभले मड्रिड ओपनको उपाधि जितेका छन् ।

जेरभले इटालीका माटेयो मारेट्टिनीलाई २–१ को सेटमा हराउँदै उक्त उपाधि जितेका हुन्।

दोस्रो पटक उपाधि जितेका जेरेभले दशौं वरियाताप्राप्त मारेट्टिनीलाई ६–७(८-१०), ६–४, ६–३ को सेटमा हराएका हुन्।

२४ वर्षे जेरेभले राफेल नाडाल, डोमिनिक थिमलाई हराउँदै फाइनलसम्मको यात्रा तय गरेका थिए। जेरेभले २०१८ मा पनि मड्रिड ओपनको उपाधि जितेका थिए।

एजेन्सी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।