पोखरा । पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका वडा नं. ७ खानीगाउँका शंकर गैरेले अमेरिकाबाट विद्यावारिधी गरेका हुन् ।
अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजि एण्ड माइक्रोवायोलोजि बिषयमा विद्यावारिधी गरेका हुन् ।
चितवनस्थित रामपुर कृषि क्याम्पसवाट कृषि बिषयमा एमएसी गरेका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधी गरेका हुन् ।
उनलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गरेका हुन् । आज भन्दा पाँच बर्ष अधि अध्ययनका क्रममा अमेरिका गएका गैरेले त्यस अधि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई बर्ष प्राध्यापन गरेका हुन् ।
विश्वव्यापी पैmलिएको कोरोना भाइरस कोभिड—१९ को संङक्रमण बढेपनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेको कारण नियमित पढाई भएको हुँदा समयमा नै विद्यावारिधी गर्न सफल भएको गैरेले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







