मर्स्याङदीमा ट्रक खस्दा चालक र सह–चालकको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




पोखरा । तनहुँको आँबुखेरनीमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मुग्लीङबाट आँबुखैरेनीतर्फ आइरहेको ट्रक मर्स्याङदी नदीमा खस्दा चालक र सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ पावर हाउसस्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा बाग्लुङको गल्कोट नगरपालिका– ८ का चालक ३७ वर्षिय जय कँडेल र सोही स्थानका सह–चालक ३५ वर्षिय मिनबहादुर कँडेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

मुग्लीङबाट आँबुखैरेनीतर्फ आइरहेको ना ३ ख ९९७३ को ट्रक सडकबाट अन्दाजी १०० मिटर तल मर्स्याङदी नदिमा खसेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।