बोरुसिया डर्टमुन्ड जर्मन कप (डीएफवी पोकल) च्याम्पियन बनेको छ।
बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगमाथि ४–१ को सानदार जित निकाल्दै बोरुसिया डर्टमुन्डले जर्मन कप (डीएफवी पोकल) को उपाधि जितेको हो।
बोरुसिया डर्टमुन्डलाई च्याम्पियन बनाउन युवा स्टारहरु एर्लिङ ब्राउट हालान्ड र जाडोन सान्चोले उच्च प्रदर्शन गरे। टोलीलाई उपाधि दिलाउन उनीहरु दुबैले २/२ गोल गरे। लाइप्जिगका ड्यानियल ओल्मोले एक गोल फर्काए ।
खेलको पाँचौ मिनेटमा नै जाडोन सान्चोको गोलबाट डर्टमुन्डले अग्रता लिएको थियो । २८ औं मिनेटमा एर्लिङ ब्राउट हालान्डले गोल गर्दै डर्टमुन्डको अग्रता दोब्बर पारे। पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सान्चोले व्यक्तिगत दोस्रो गोल गरे।
खेलको ७१ औं मिनेटमा ड्यानियल ओल्मोले गोल गर्दै लाइप्जिगको संभावना जीवितै राख्यो। त्यस्तै, ८७ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै डर्टमुन्डलाई ४–१ को जित दिलाउँदै च्याम्पियन बनाए।
डर्टमुन्ड चार वर्षपछि जर्मन कपको च्याम्पियन बनेको हो। यसअघि डर्टमुन्ड २०१७ मा च्याम्पियन बनेको थियो। समग्रमा डर्टमुन्डको यो पाँचौ जर्मन कप उपाधि जितेको हो। यसअघि डर्टमुन्डले १९६५, १९८९, २०१२ र २०१७ मा उपाधि जितेको थियो। जर्मन कप बायर्न म्युनिखले सर्वाधिक २० पटक जितेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







