सूर्योदय क्लवको आकस्मिक रक्तदान कार्यक्रम


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




पोखरा । पोखरा क्षेत्रमा रगतको अभावलाई दृष्टिगत गर्दै नदीपुरस्थित सूर्योदय क्लवले शुक्रबार बिहान आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको छ ।


क्लवका उपाध्यक्ष मधुसुदन पौडेलका अनुसार कोभिडको महामारी भए पनि सुरक्षाका यावत् मापदण्ड पालना गरी रक्त संकलन गरिएको र यस कार्यक्रममा स्थानीय ३२ जना व्यक्तिले स्वतः स्फूर्त रुपमा सहभागिता जनाए ।

उक्त कार्यक्रममा क्लवको सत्कार्यको प्रशंसा गर्दै पोखरा महानगरपालिका वडा नं ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजूले उपचारका लागि रगतको खाँचो सँधै हुने र यस्तो विषम परिस्थितिमा रक्तदान गर्ने सबै जना धन्य भएको बताए ।


लकडाउनका कारण सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रम आयोजना नगरेकाले रगतको अभाव भएको खबर पाई आफूहरुले यो कार्यक्रम आयोजना गरेको क्लवका सचिव षडङ्गराज घिमिरेले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।