बाग्लुङमा माटोको ढिस्कोले पुरिँदा आमा–छोराको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

बाग्लुङ । बाग्लुङको निसिखोलामामा माटोको ढिस्कोले पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ ।

निसिखोला– २ कान्लेचौर, रातामाटा घर भएका भवी कुँवर ३३ र उनका छोरा सुरेश कुँवर १२ को घर पोत्ने माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुने आमा–छोरा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घर लिपपोत गर्ने माटो लिनका लागि घरदेखि करिव २ किलोमिटर टाढाको सार्वजनिक जग्गामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिँदा शुक्रबार दिउँसो २ : ५५ बजे उनीहरुको मृत्यु भएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।