प्रतिकात्मक तस्बीर
पोखरा । पोखरामा नागरिक स्तरबाट बनाउन लागिएको अक्सिजन प्लान्टका लागि सेलवेज डिपार्टमेन्टल स्टोर्सका सञ्चालक सुशिल प्रधानाङ्गले २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
बतास अर्गानाइजेसनका अध्यक्ष आनन्द बतासको नेतृत्व र एभरेस्ट एफएम पोखराको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि नागरिक स्तरबाट बन्न लागेको प्लान्ट बनाउन प्रधानाङ्गले २५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।
अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान थालेपछि नागरिकस्तरबाट थालिएको प्लान्ट निर्माणमा सहभागी हुन बतासले आम नागरिकलाई आग्रह गरेका छन् ।
कम्तिमा ३ करोड लाग्ने सो प्लान्टका लागि हालसम्म करीब साढे २ करोड रकम संकलन भइसकेको उनले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







