प्रतिकात्मक तस्बीर
पोखरा । पोखरामा नागरिक स्तरबाट बनाउन लागिएको अक्सिजन प्लान्टका लागि सिद्धि–सेतुली प्रतिष्ठानले सहयोग गर्ने भएको छ ।
बतास बतास फाउण्डेसनका अध्यक्ष आनन्द बतासको नेतृत्व र एभरेस्ट एफएम पोखराको सहकार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा बन्ने अक्सिजन प्लान्टका लागि नागरिक स्तरबाट बन्न लागेको प्लान्ट बनाउन प्रतिष्ठानका तर्फबाट २ लाख २२ हजार २२२ र विश्वरत्न शाक्य तथा बुलु शाक्यले १ लाख ११ हजार १११ सहयोग गर्ने घोषणा गरेका हुन् ।
अक्सिजन अभावमा दिनदिनै नागरिकको ज्यान थालेपछि नागरिकस्तरबाट थालिएको प्लान्ट निर्माणमा सहभागी हुन बतासले आम नागरिकलाई आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







