प्रतिकात्मक तस्बीर
पोखरा । अक्सिजनको अभावमा दिनदिनै नागरिकको ज्यान जान थालेपछि पोखरामा अक्सिजन प्लान्ट स्थापनाका लागि शुरु गरिएको आर्थिक अभियानमा सहयोग रकम जुट्ने क्रम जारी छ । सोही क्रममा पछिल्लोपटक डा. भरत खत्री (पोखरा) ले पाँच लाख रकम सहयोग घोषणा गरेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहल तथा एभरेस्ट एफएमको सहकार्यमा शुरु गरिएको आर्थिक अभियान अन्तर्गत शनिबार सम्ममा करीब ३ करोड संकलन भइसकेको छ । शुक्रबारसम्म साढे २ करोड संकलन भएकोमा शनिबार थप ५० लाख घोषणा भएको बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







