तस्बीर : एजेन्सी
बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ।
आइतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गरेसँगै बार्सिलोना पहिलो पटक महिला लिगको च्याम्पियन बनेको हो।
स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले चेल्सीमाथि ४–० को फराकिलो जित निकाल्यो।
बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाइन्। एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन्। कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरिन्।
पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा ४ गोल गरिसकेको थियो। त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन। बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।
सन् २०१९ को च्याम्पियन्स लिगको फाइनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनको हातबाट ४–१ ले पराजित बनेको थियो। यस सिजन सुपर लिगसहित लिग कप उचालेको चेल्सीले च्याम्पियन्स लिगमा बार्सिलोनासँग महिला लिग च्याम्पियनमा नमिठो हार चाख्यो।
चेल्सी पहिलो पटक च्याम्पियन्स लिगको फाइनल पुगेको थियो। चेल्सीको पुरुष टिम समेत च्याम्पियन्स लिगको फाइनल पुगेको छ। उसले प्रिमियर लिग विजेता म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







