पोखरा । गत बैशाख ४ गते विहान एक किशोरको शव फेवातालमा तैरिएको अवस्थामा फेला प¥यो । नेपाल आर्मीको टोलीले भेट्टाएको सो शव बारा निजगढ स्थायी घर भई ललितपुर खुमलटार बस्ने १८ वर्षीय नुभिव उप्रेतिको थियो ।
तालमा तैरिएको अवस्थामा फेला परेकाले प्रहरीले त्यसलाई मसिनो गरी अनुसन्धान गरेन । परिवारसँग सम्पर्क गरेपछि किशोरले आत्महत्या गरेको प्रहरीले निश्कर्ष निकाल्यो । सोहि निश्कर्षका आधारमा प्रहरीले पत्रकारहरुलाई आत्महत्याको सूचना सम्प्रेषण ग¥यो ।
तर एक महिनापछि प्रहरीले एक महिना अघिको भन्दा फरक निश्कर्ष निकालेको छ । एक महिना अघि आत्महत्या गरेको निश्कर्ष निकालेको प्रहरी अहिले आएर हत्या भएको निश्कर्षमा पुगेको हो ।
शुरुमा आत्महत्या भएको निश्कर्षमा पुगेको प्रहरी अहिले आएर कसरी हत्या भएको निश्कर्षमा पुग्यो ? यो थाहा पाउन १ महिना अघिको घटनातर्फ फर्कनुपर्छ ।
सेन्ट जेभियर्स स्कुलबाट प्लस टु गरेका नुभिव सिटिजन कलेज कुमारीपाटीमा आईटीको बिसिए कोर्ष गरिरहेका थिए । बैशाख ३ गते विहान उनलाई उनका बुबाले कलेज छाडेका थिए । कलेज गएका नुभिव बेलुका घरमा फर्केनन् । उनको खोजीका लागि परिवार भौतारियो । मोवाइल स्वीच अफ थियो नुभिवको । उनकी आमा भीमा मैनालीले छोरालाई कहाँ छौ तिमी ? हामी तिमीलाई खोजी गरिरहेका छौं भनेर म्यासेज गरिन् । त्यसको २ घण्टापछि छोरालाई भीमालाई म्यासेज गरे,‘म अहिले बोल्न नमिल्ने ठाउँमा छु, मेरो मोवाइलको पासवर्ड….. हो भनेर’ । त्यसको भोलिपल्ट नुभिवको शव फेवातालमा भेटियो ।
छोराको लाश भेटिएको भनेर प्रहरीले खबर गरेपछि भीमा र उनको परिवार पोखरा आयो । पोखरामा आएर छोराको अनुहार हेरेर मात्र शव बुझ्न खोज्दा प्रहरीले पहिले शव बुझ्ने कागजमा हस्ताक्षर गर्न भन्यो । परिवारले पनि कुनै अब्जेक्सन नगरी हस्ताक्षर ग¥यो । तर जब शव बुझे उनीहरु झसङ्ग भए । किनकी छोराको अनुहारदेखि शरिरका विभिन्न भाग र गुप्ताङ्गमासमेत चोटैचोट थियो । भीमाले त्यतिबेलै जाहेरी दिन खोजिन् तर आफन्तले शव व्यवस्थापन गर्न अत्याउँदा त्यसै काठमाडौं फर्किईन् । यो बिचमा प्रहरीले खासै अनुसन्धान अगाडि बढाएन ।
तर छोराको मृत्यूको पीडामा रहेकी भीमाको मन कहाँ मान्थ्यो र ? उनले घटनाको सोधखोज गरिरहेकी थिईन् । यहि बिचमा उनले पोखरा आएर लिखित जाहेरी दिन खोजिन् । तर बैदाम प्रहरीले उनको किटानी जाहेरी लिन मानेन । भीमाको मन के मान्थ्यो र ? उनले जिल्ला प्रहरी कार्यालय कास्की कार्यालयमा आएर प्रहरी उपरिक्षक (एसपी) जीवन श्रेष्ठलाई हारगुहार गरिन् । प्रहरीले उनको जाहेरी लियो । त्यसलगत्तै प्रहरीले अनुसन्धान अगाडि बढाईरहेको थियो ।
त्यहि बिचमा भीमाले आफ्नो छोरालाई ३ युवा मिलेर कुटपीट गरिरहेको भिडियो रहेको पत्ता लगाइन् । लगत्तै प्रहरीलाई जानकारी गराईन् । नभन्दै प्रहरीले लेकसाईडको १३ नम्बर स्ष्ट्रिटमा मृतक किशोर नुभिवलाई कुटपीट गर्दै गरेको भिडियो भेट्यो ।
त्यसपछि मात्र प्रहरीले घट्नालाई शुक्ष्म अनुसन्धान गर्दै घट्नामा संलग्नलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने १८ वर्षीय आशिष राई, स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन नै बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ । लेकसाइडको स्ट्रीट नं. १३ चोकमा यी ३ जना मिलेर नुभिवलाई मरणासन्न हुने गरी कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका तीनै जनाले कुटपीट गरेको स्वीकारिसकेका छन् । प्रहरीले पक्राउ परेका ३ जना हत्यामा संलग्न रहेको निश्कर्ष निकालेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक सुवास मल्लले बताए । आरोपितले घट्ना स्वीकारिसकेको हो ? भन्ने प्रश्नमा उनले भने,‘अहिले सबै खोल्न मिल्दैन, तर प्रहरी अनुसन्धानको निश्कर्ष उनीहरुले नै हत्या गरेको हो भन्ने छ ।’
तर उनले शुरुमा घट्नाको अनुसन्धानमा प्रहरी चुक्यो भन्ने कुरा सहि नभएको बताए । मृतककी आमा स्वयम्ले छोराले आत्महत्या गर्छु भन्दै म्यासेज पठाएको भनेर जानकारी गराउनुका साथै शव बुझ्दा दिएको निवेदनमासमेत उल्लेख भएकाले शुक्ष्म अनुसन्धान नगरिएको दाबी गरे ।
हत्या अभियोग लगाइएका ३ जनालाई सोमबार अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउने तयारी भएपनि अन्तिम समयमा आएर रोकिएको छ । ‘अनुसन्धान पूरा भएको छ, अब १/२ दिनमा अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि पठाउँछौं’–डिएसपी मल्लले भने ।
प्रहरीका अनुसार मिसिल तयार गरी आइतबार सरकारी वकिलको कार्यालयमा पेश भएको र त्यसपछि अदालती प्रक्रियामा गएको छ । दुई तीन दिनभित्रै बहस सुरु हुने जनाइएको छ । मृतककी आमा भिमा पोखरा आएर वैशाख २४ गते नै तीन जना विरुद्ध किटानी जाहेरी दिएकी हुन् । र, कानुनानुसार कारबाही प्रक्रिया अघि बढेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







