फाइल तस्बिर ।
तनहुँ । ऋषिङ गाउँपालिका तनहुँले निर्माण गरेको आइसोलेशनमा बस्दा सङ्क्रमित हुने सबै खर्च गाउँपालिकाले व्यहोर्ने भएको छ । कोभिड–१९ बाट सङ्क्रमित भई आइसोलेशनमा बस्नुपर्ने ऋषिङवासीका लागि गाउँपालिकाले खर्च व्यहोर्ने भएको हो ।
गाउँपालिकामा हुने खर्चको हकमा मात्रै गाउँपालिकाले जिम्मा लिइने ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए । बिरामीमा जटिल अवस्था आएर अन्यत्र लैजानु परेमा खर्च स्वयम्को हुने र गाउँपालिकाले एम्बुलेन्स उपलब्ध गराएर सम्बन्धित अस्पतालसम्म लैजाने र घरसम्म पु¥याउने व्यवस्था मिलाइएको उहाँले बताए ।
नागरिकको समेत योगदान हुने गरी कोभिड राहत कोष स्थापना गर्ने भन्ने प्रस्ताव आए पनि नागरिकलाई आर्थिक भार नपरोस् भनी त्यसको सम्पूर्ण खर्चको प्रबन्ध गाउँपालिकाले मिलाउन लागेको अध्यक्ष श्रेष्ठले बताए ।
कोभिड जोखिम बढेको भन्दै ऋषिङ गाउँपालिकाले गाउँमा विवाह, भोजभतेर, मेलालगायत मानिसको भीडभाड हुने कार्य तत्काल रोक्न लगाइएको छ । सङ्क्रमणसँगै जोखिम समेत बढेकाले गाउँपालिकाको मुख्य प्रवेश नाकाहरूमा कडा निगरानी राखिएको गाउँपालिकाले जनाएको छ ।(रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







