तस्बीर : एजेन्सी
फ्रेन्च कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।
बुधबार राति भएको फाइनल खेलमा मोनाकोमाथि २–० को जित निकाल्दै पिएसजीले पछिल्लो सात वर्षमा छैटौँपटक उपाधि उचालेको हो।
अवे मैदानमा भएको खेलमा पिएसजीका लागि १९ औँ मिनेटमा आइकार्डी र ८१ औँ मिनेटमा केलियन एमबाप्पेले गोल गरे।
पहिलो गोलका लागि सहयोगका गरेका एमबाप्पेले आफ्नो गोल भने एन्जल डी मारियाको सहयोगमा गरेका हुन्।
लिग वानको साबिक विजेता पीएसजी अन्तिम ४ को खेल बाँकी हुँदा शीर्ष स्थानको लिले भन्दा १ अंकले पछि रहेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







