स्पेनबाट नेपाललाई साढे १४ करोडको स्वास्थ्य सामग्री सहयोग


     एभरेस्ट आवाज    
     जेठ ६ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

स्पेनले नेपाललाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ।

स्पेनस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन्।

उक्त सामग्री आज (बिहीबार) काठमाडौँ आइपुग्नेछ । बुधबार राति स्पेनको राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमानमार्फत उक्त सामग्री नेपाल पठाइएको जनाइएको हो।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेको बताइएको छ। बुधबार राति नै उक्त उडान भइसकेको र बिहीबार ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

राजदूत शेर्पासँगै अन्तर्राष्ट्रिय सहयोगका लागि स्पेनिस एजेन्सी एइसीआइडीका निर्देशक म्याग्डी मार्टिनेज सोलिमान पनि नेपालका लागि उडेको बताइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।