तस्बीर : एजेन्सी
इजरायल र प्यालेष्टाइनको विद्रोही समूह हमासबीच युद्धबिराम भएको छ।
११ दिनसम्म चलेको बमबारीपछि शुक्रबार बिहानैदेखि दुबै पक्षले युद्धबिराम भएको बीबीसीले जनाएको छ।
बिरामसन्धी भएलगत्तै प्यालेष्टाइन नागरिक गाजाको सडकमा उत्रेर उत्सब मनाएका छन्।
इजरायलको राजनीति सुरक्षा परिषद्ले युद्धबिरामका लागि गरिएको सिफारिस सर्वसम्मतले स्वीकार गरेको उल्लेख गरेको छ।
इजरायल र हमास दुबैले द्वन्दको क्रममा आ–आफ्नो बिजय भएको दाबी गरेको छ।
गत मई १० देखि दुबै पक्षबीच हिंसा सुरु भएको थियो। पूर्बी जेरुसेलममा मुस्लिम र यहुदीले ओगटेको धार्मिक क्षेत्रमा सुरु भएको हिंसा बमबारीमा परिणत भएको थियो। बमबारीमा कम्तिमा २४० जनाको मृत्यु भएको छ। अधिकांश गाजा क्षेत्रका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







