तस्बीर : एजेन्सी
कोलम्बियामा यस वर्ष कोपा अमेरिका फुटबल प्रतियोगिताका खेलहरु आयोजना नहुने भएको छ।
यसअघि, अर्जेन्टिना र कोलम्बियाले मिलेर यो प्रतियोगिता जुन महिनादेखि आयोजना गर्ने तय गरेको थियो।
प्रतियोगिताको फाइनल खेल १० जुलाईमा कोलम्बियामै आयोजना हुने तय गरिएको थियो।
तर, कोलम्बियामा चलिरहेको विरोध प्रदर्शनका कारण दक्षिण अमेरिकी फुटबल महासंघले यो प्रतियोगितामा हस्तक्षेप गरेको छ। कोलम्बियाले प्रतियोगितामा आफ्नै देशमा आयोजना गर्नका लागि अन्तिम प्रयास पनि गरेको थियो। उसले नोभेम्बरका लागि नयाँ मिति घोषणा गर्न प्रस्ताव गरेको थियो। जुन प्रस्ताव असफल भयो, दक्षिण अमेरिकी फुटबल महासंघले प्रस्तावलाई स्वीकार गरेन।
कोलम्बियामा तय भएका खेलहरु कहाँ खेलाउने भनेर दक्षिण अमेरिकी फुटबल महासंघले छिट्टै निर्णय लिने जनाएको छ। राष्ट्रपति इमान डुकुले कर र स्वास्थ उपचार सुधार घोषणा गरेपछि अप्रिलको अन्त्यमा कोलम्बियामा विरोध प्रदर्शन सुरु भएको थियो। पछिल्ला ३ सातादेखि यो प्रदर्शन निरन्तर जारी छ।
राजधानी बोगोटा, मेडिलिन र काली क्षेत्रमा बृहद प्रदर्शन भइरहेको छ। यि क्षेत्रहरुमा कोपा पुटबलका खेलहरु आयोजना हुने तय थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







