प्रतिनिधिसभा विघटनप्रति गण्डकी प्रदेश विपक्षी दलद्वारा भर्त्सना


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

असंवैधानिक ढंगबाट राष्ट्रपतीले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका ४ राजनीतिक पार्टीले भर्त्सना गरेको छन्।

एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भर्त्सना गरेको जनाएका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकीसचेतक पियारी थापाको हस्ताक्षर छ।

कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीको प्रतिनिधि सभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्यौल र अराजकता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध एकतावद्ध भएर लाग्ने उनीहरुले जनाएका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।