बायर्नले उचाल्यो जर्मन बुन्डेस लिगा उपाधिको ट्रफी


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी


रोबर्टाे लेवान्डोस्कीको कीर्तिमानसहित जर्मन बुन्डेस लिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले फराकिलो जित निकालेको छ।

सिजनको अन्तिम खेलमा बायर्नले सहज जित हासिल गरेको हो। शनिबार राति भएको खेलमा बायर्नले अग्स्बर्गलाई ५–२ ले हरायो।

बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किंग्सले कोम्यानले १/१ गोल गरे । बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो। अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गरे। अग्स्बर्गकै आन्द्रे हान र फ्लोरिनले १÷१ गोल फर्काए।

लेवान्डोस्कीले खेलको ९० औँ मिनेटमा गोल गरेका थिए। उक्त गोलसँगै लेवान्डोस्कीले जारी सिजनमा ४१ गोल गर्दै एकै सिजन बुन्डेस लिगामा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानसमेत बनाएका छन्। यसअघि, बायर्नका लिजेन्ड खेलाडी गर्ड मुलरको एकै सिजनमा ४० गोल गर्दै कीर्तिमान बनाएका थिए। लेवान्डोस्कीले गर्ड मुलरको कीर्तिमान तोडेका हुन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।