तस्बीरः एजेन्सी
सर्जियो एगुरोले शनिबार बार्सिलोनासँग २ वर्षको अनुबन्ध गर्ने सहमति गरेका छन्।
अर्को महिना उनको म्यानचेस्टर सिटीसँगको अनुबन्ध सकिँदैछ। सिटीमा पाइरहेको पारिश्रमिकको आधामा उनी स्पेनिस ला लिगा क्लब क्याटलाना जान तयार भएका हुन्।
बार्सिलोनालाई अर्को सिजन युरोपेली च्याम्पियन्स लिग जित्न एगुरोले भूमिका खेले भने उनले बोनस भने पाउने अनुबन्धको शर्तमा उल्लेख छ। अर्को सिजनको सुरुमा ३३ वर्ष पुग्ने एगुरोका लागि यो वर्ष चोटका कारण सुखद रहेन।
यसैक्रममा उनले सिटीका लागि अहिलेसम्म १८ खेल मात्र खेलेका छन् र यसमा ४ गोल गरेका छन्। आइतबार एतिहाडमा एभर्टनविरुद्ध इङ्लिस प्रिमियर लिगमा हुने खेलमा उनले घरेलु समर्थकमाझ बिदा लिनेछन्।
सिटीले अर्को शनिबार च्याम्पियन्स लिगको फाइनलमा चेल्सीको सामना गर्दैछ र त्यो सिटीका लागि उनको अन्तिम खेल हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







