नेकपा माओवादी केन्द्रले कास्कीमा नोभल कोरोना भाइरस (कोभिड–१९)बिरुद्ध स्वयम् सेवा अभियान सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्र कास्कीले कोभिड–१९ को लहरका कारण कोभिड संक्रमण बिस्तार भइरहेको र यसका कारण कयौंको ज्यान गइरहेको भन्दै नागरिकको जीवन बचाउनका लागि वडा स्तरसम्मै कोभिड–१९ बिरुद्ध स्वयम्सेवा अभियान सञ्चालन गर्ने जनाएको हो ।
नेकपा माओवादी केन्द्र कास्कीका सचिव बखानसिंह गुरुङले आज एक विज्ञप्ती जारी गर्दै नेकपा माओवादी केन्द्रका वडा एकाईहरुलाई वडा वडामा स्वयम् सेवा एकार्य गठन गरि स्वयम् सेवा अभियान सञ्चालन गर्न आह्वान गरेको छ । माओवादी केन्द्रले जनताको हरेक सुख दुःखमा सँगै रहने प्रतिबबद्धता दोहो¥याएको छ ।
माओवादी केन्द्र कास्कीले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी भएको बताएको छ । उसले संसद विघटन गर्ने यो कदम पुस ५ को प्रतिगामी कदमको निरन्तरताको अर्को श्रृंखला भएको भन्दै सो कदमको भत्र्सना गरेको छ । साथै माओवादीले संसद विघटन गर्ने प्रतिगामी कदमका बिरुद्ध सबै खाले संघर्ष गर्न प्रतिबद्ध रहेको जनाएको छ । र उसले संसद विघटन गर्ने कदमको बिरोध गर्दै लोकतन्त्रको रक्षाका लागि उभिन कास्कीका सम्पूर्ण दलहरु, नागरिक समाज, बुद्धिजिवी, कानूनविद, मानवअधिकारकर्मी, पेशाकर्मीलगायत आम जनतालाई अपिल गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







