पोखरा । नेकपा माओवादी केन्द्र पोखरा महानगर समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघनको घोषणालाई असंवैधानिक भनेको छ ।
समितिका सचिव विश्वप्रकाश लामिछानेले आज विज्ञप्ती जारी गर्दै जेठ ८ गते गरेको प्रतिनिधीसभा विघटनको घोषणा असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम भएको ठहर गर्दै विरोध एवं भत्र्सना गरेका छन् ।
विज्ञप्तीमा संविधान बमोजिम वैकल्पिक सरकार बन्न सक्ने अवस्था रहँदा रहँदै राष्ट्रपतिले प्रतिनिधी सभा विघटन गरेर निर्वाचन घोषणा गर्नु नेपाली जनताको लामो कठोर संर्घष (जनयुद्ध र जनआन्दोलन) त्याग र वलिदानबाट प्राप्त नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान विरुद्धको प्रहार भएको उल्लेख गरिएको छ ।

जनतालाई कोभिड–१९ को महामारीबाट बच्च उपचार चाहिएको अवस्थामा जवरजस्ती निर्वाचनमा धकेल्नु राष्ट्र र जनता विरुद्धको अपराधपूर्ण कार्य भएको भन्दै प्रधानमन्त्री ओलीले निर्वाचन भन्दापनि निरंकुशता लाद्दै सत्ता लम्बाउने दुराशयबाट यस्तो कदम चालेको आरोप लगाइएको छ ।
‘संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको मर्म विपरित चालिएका यस्ता कदमका विरुद्ध संर्घषमा उत्रिन अग्रगामी गणतन्त्रका पक्षधर सबै राजनितिक दल, पेशागत संघ संगठन, नागरिक समाज, संविधानविद्, कानुन व्यवसायी, सञ्चार जगत, बुद्धिजीवी, तथा न्यायप्रेमी जनसमुदायलाई आह्वान गर्दर्छौ ।’ लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







