प्रतिकात्मक तस्बीर
व्यास–२ मालेबर निवासी मछिन्द्रादेवी श्रेष्ठले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि आर्थिक सहयोग गरेकी छन् ।
श्रेष्ठले आफ्नो ७१ वर्ष प्रवेशको अवसरमा आइतबार पत्रकार महासंघको कल्याणकारी कोषमा ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन्। नेपाल घरेलु तथा साना उद्योग व्यवसायी समिति केन्द्रीय सदस्य समेत रहेकी श्रेष्ठले आफ्नो ७१ औं जन्म दिनको अवसरमा उक्त रकम दान गरेकी हुन्।
यसैवीच, व्यास–५ निवासी रमेश खनालबाट पनि कोषका लागि २५ सय रुपयाँ सहयोग गरेका छन्। दुना टपरी रेष्टुरेन्ट एण्ड बारका संचालक समेत रहेका खनालले महासंघ तनहुँ शाखाका सदस्य विष्णु गौतमलाई आइतबार रकम हस्तान्तरण गरे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







