अमेरिकाको ओहायोमा गोली चल्यो, कम्तीमा ३ को मृत्यु ५ घाइते


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

अमेरिकाको ओहायोको योङ्सटाउनमा आइतबार गोली चल्दा ३ व्यक्तिको मृत्यु भएको छ।

उक्त घटनामा परेर कम्तीमा ५ व्यक्ति घाइते भएका छन्। घाइतेहरुको सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पतालमा उपचार गरिएको जनाइएको छ।

योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, ‘आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो।’

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।

एएनआई


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।