फराकिलो जितसँगै इन्टर बन्यो सिरी ‘ए’ च्याम्पियन


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलअन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा फराकिलो जित हात पार्दै च्याम्पियन बनेको छ।

इन्टरले आइतबार भएको खेलमा उडिनेजीमाथि ५–१ के फराकिलो जित निकाल्दै सिरी ‘ए’ को उपाधि ट्रफी उचाल्यो।

इन्टरलाई जित दिलाउन एस्ले योङ, क्रिस्टियन एरिक्सन, लाउटरो मार्टिनेज, इभान पेरिसिच र रोमेलु लुकाकुले १÷१ गोल गरे। उडीनेजेका रोबर्टोले एक गोल फर्काए।

जितसँगै इन्टरले च्याम्पियन बन्न ३८ खेलबाट ९१ अंक जोड्यो। उडीनेजी ४० अंकसहित १४ औँ स्थानमा रह्यो। इन्टरले यसअघि नै उपाधि जितिसकेको थियो। ट्रफी भने अन्तिम खेलपछि उचालेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।