साङ्केतिक तस्विर
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट लुम्लेतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ठाँटी स्थित रिभानबाट लुम्लेतर्फ जाँदै गरेको ग १४ प ९७५५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई विजुलीको पोलमा ठोक्किदाँ लुम्लेका १८ वर्षका लक्की बिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार दिउँसो साढे १२ बजे भएको दुर्घटनामा घाइते भएका बिकलाई उपचारका लागि पोखराको गैह्रापाटनस्थित फिस्टेल अस्पतालमा ल्याइएकोमा चेकजाँच गर्ने क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






