तस्बीरः एजेन्सी
बेलारुसले ‘पत्रकार’ पक्राउ गर्न ग्रिसबाट लिथुआनियाका लागि उडेको विमान डाइभर्ट गरेको छ।
रियान एअरको विमान केही घण्टाका लागि बेलारुस डाइभर्ट गरिएको हो। युरोपेली देशहरुले यसका लागि बेलारुसको तीव्र आलोचना गरेका छन्। बेलारुसले आतंकवादी गतिविधि गरेको आरोप उनीहरुले लगाएका छन्।
विमानमा ति पत्रकारसहित १ सय ७१ यात्रु सवार थिए। द नेक्स्टा ग्रुपका पूर्वसम्पादक रोमन प्रोतासेविकलाई नियन्त्रणमा लिएपछि मात्रै विमानलाई गन्तव्यतर्फ उडान गर्न दिइएको थियो। विमानमा बम भएको भन्दै मिग २९ लडाकू विमानहरूले घेरेर बेलारुसको राजधानी मिन्स्कमा ओरालेका थिए। तर कुनैपनि प्रकारको बिस्फोटक पदार्थ विमानमा नपाइएको बेलारुसका संचारमाध्यमले जनाएका छन्।
झण्डै ७ घण्टा ढिला गरि विमान आफ्नो गन्तव्य लिथुआनियाको राजधानीमा अवतरण हुन पाएको थियो। यात्रुहरुले विमान किन मिन्स्क डाइभर्ट गरियो भन्नेबारे जानकारी नदिइएको बताएका छन्। पत्रकार रोमनको रिहाइका लागि उनका समर्थक तथा बेलारुसका विपक्षी दलले अपील गरेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







