तस्बीर: एन्फाको फेसबुक पेजबाट
इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम आज (मंगलबार) त्यसतर्फ प्रस्थान गर्दै छ।
अखिल नेपाल फुटबल संघ –एन्फा)ले २३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको हो।
नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ। नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्नेछन्। इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ।
नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तराष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ। मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले गत मंगलबार २३ सदस्यीय नेपाली टिमको घोषणा गरेका थिए। प्रशिक्षक अलमुताईरीले नेपाली टिममा ठूलो परिवर्तन गरेका छन्।
नेपाली टिमका नियमित सदस्य भरत खवास, रंजित धिमालसहित अमित तामाङ, सेसेहाङ आङदेम्बे, रबि पासवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा र दर्शन गुरुङ टिमबाट बाहिरिएका छन्। सुरज जिउ ठकुरी, कमल थापा, गौतम श्रेष्ठ, आयुष घलान र मनिष डाँगी पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका छन्।
नेपालले इराकसँगको मैत्रिपूर्ण खेलपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ। छनोटमा अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ। कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ। नेपाली टिम जुन १२ मा स्वदेश फर्किने तालिका छ।
नेपाली राष्ट्रिय टिमको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की छन्। डिफेन्डरहरु रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास राष्ट्रिय टोलीमा परेका छन्।
त्यस्तै, मिडफिल्डरहरु विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान छन्। फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि…






