तस्बीरः एजेन्सी
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को एकदिवसीय वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ । आईसीसीले अपडेट गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो।
नयाँ वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ। अघिल्लो वरीयतामा पनि नेपाल १६ औं स्थानमै रहेको थियो।
टी–ट्वान्टी वरीयतामा नेपाल १३ औं स्थानमा रहेको छ। घरेलु मैदानमा भएको विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजपछि नेपालले एकदिवसीय क्रिकेट खेलेको छैन।
ओमान र अमेरिकासँग भएको सिरिजमा नेपालले ४ खेलमा २ जित निकालेको थियो। नेपाल ओमानसँगको दुई खेलमा पराजित हुँदा अमेरिकासँगको २ खेलमा विजयी भएको थियो।
एकदिवसीयमा नेपाल भन्दा तल नामिबिया, युएई, अमेरिका र पपुवान्यूगिनी रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा न्युजिल्याण्ड, दोस्रोमा अष्ट्रेलिया र तेस्रोमा भारत रहेका छन्। चौंथोमा इङ्ल्यान्ड र पाँचौं स्थानमा दक्षिण अफ्रिका रहेका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







