सरकारले भने शुक्रवारदेखि काठमाण्डैं लगायत देशभर निषेधाज्ञामा कडाइ गरेको छ।
शुक्रवारदेखि नै प्रतिनिधि सभा विघटनसम्वन्धी मुद्दाको सुनुवाइ पनि सर्वोच्चमा शुरु हुँदै छ ।
यस्तो अवस्थामा कानून व्यवसायीले हिँडडुल गर्न नपाउने भएपछि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनले गृह मन्त्रालयलाई कानुन व्यवसायीको परिचयपत्रका आधारमा अदालत आवत–जावत गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।

नेपालको संविधानको धारा २० मा प्रत्येक नागरिकलाई आफूले रोजेको कानून व्यवसायीबाट सल्लाह र परामर्श सेवा लिन पाउने गरी मौलिक हकको रुपमा प्रत्याभूत गरेको अधिकार खोसिने अवस्थामा पुगेको भन्दै बारले प्रहरी प्रधान कार्यालय, जिल्ला प्रशासन कार्यालय काठमाडौ, जिल्ला प्रशासन कार्यालय भक्तपुर र ललितपुरलाई पनि ध्यानाकर्षण गराएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







