स्थानीय युवाको दुई समूहबीच धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान भएको छ।
समूहबीचको झडप रोक्न खोज्दा प्रहरी चौकीका इन्चार्ज असई सुमन दाहाल घाइते भएका छन् ।
सुनसरी जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो भने सो समुहलाई पछ्याउँदै आएको अर्काे समूहले चौकीभित्र आक्रमण गर्न खोज्दा रोक्नेक्रममा चौकीका इन्चार्ज असइ दाहाल घाइते भएका हुन्।
धरान उपहानागपालिका वडा नं १५ मा रहेको अस्थायी प्रहरी चौकीमा यो घटना भएको हो। ७ जनाको समूहले चौकीका इञ्चार्ज दाहालमाथि खुकुरी प्रहार गरेको बताइएको छ।
घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ। घटनामा संलग्न ७ जनाको नाका सिल गरेर खोजी भइरहेको प्रहरीले जनाएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







