तनहुँमा जेठ २२ सम्म थप एक साता लम्बियो निषेधाज्ञा


     एभरेस्ट आवाज    
     जेठ १५ गते २०७८ मा प्रकाशित




तनहुँमा पनि जेठको २२ गतेसम्मका लागि थप एक साता निषेधाज्ञा लम्बिएको छ।

गत वैशाखको २२ गतेदेखि जारी रहेको निषेधाज्ञा एक साताका लागि थपिएको हो।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ १५ शनिबार राति १२ बजेदेखि लागु हुने गरी २२ गते राति १२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो।

केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लामा कोभिड–१९ को महामारी अझैपनि यथावत रहेको तथा समुदाय स्तरमा थप फैलिन सक्ने भन्दै बन्दाबन्दी जारी राख्ने निर्णय गरेको हो।

शुक्रवार विज्ञप्तिमार्फत जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अत्यावश्यक बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गरेका छन्।

खाद्यान्नका पसल समेत बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खोल्न पाइनेछ। यसअघि पनि केन्द्रले २ पटक गरी निषेधाज्ञा थपेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।